२० प्रतिशतमा दल विभाजन गर्न सक्ने अध्यादेश, नेपाल समूहकै आपत्ति – Dastabej

२० प्रतिशतमा दल विभाजन गर्न सक्ने अध्यादेश, नेपाल समूहकै आपत्ति


  • दस्तावेज

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कुनै पनि दलले केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्ययादेश ल्याएको छ । यसले राजनीतिक अस्थिरता निम्त्याउने खतरा बढेको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको निश्चित भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ४० प्रतिशत पुर्‍याएर दल विभाजनलाई सहज हुने अध्यादेश ल्याएका थिए ।
    माधव नेपाल समूह सांसदकोअ आपत्ती
    देउवा सरकारले ल्याएको राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहकै नेता रहेका सचिव गोकर्ण विष्टलेले असन्तुष्टि जनाएका छन् । तर सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ । नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् । तर नेपाल समूहकै नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको बताए । यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भनेका छन्, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ । यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं ।’

  • १ भाद्र २०७८, मंगलवार १५:५१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश