नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अभिलेख अनुसार नेपालमा कोरोना संक्रमणबाट थप २७ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ । यस रोगबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।