जलाधार व्यवस्थापन लागि नेराई माध्यमिक बिद्यालयमा बृक्षारोपण – Dastabej

जलाधार व्यवस्थापन लागि नेराई माध्यमिक बिद्यालयमा बृक्षारोपण


  • दस्तावेज

  • बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ स्थित नेपाल राष्ट्यि ईन्दीरा भुसाल माध्यमिक बिद्यालय बढैयामा जलाधार व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास प्रदर्शन कर्यक्रमका लागि बृक्षारोपण गरिएको छ ।टिडिएचको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघको साझेदारीमा सन्चालित प्रयास परियोजना अन्तर्गत मंगलबार ब्लु मोडेल स्कुल अवधारणा अन्तर्गत बृक्षा रोपण गरिएको हो ।

    टिडीएचका नवीन राना, गेरुवा ग्रामीण बर्दियाका कार्यक्रम संयोजक गोपाल कंडेलले ब्लु स्कुलको अवधारणा अनुरुप जलाधार व्यवस्थापन सम्बन्धि प्रयोगात्मक अभ्यास गराउन बृक्षा रोपण गरिएको र बिद्यार्थीहरुर्ला व्यवहारमा सिकाउन अभिमुखिकरण दिइएको बताए ।


    बिद्यालयका प्रधानाध्यापक गंगा चौधरीले उक्त कार्यक्रमले बिद्यार्थीहरुमा जलाधार संरक्षण बारे जानकारी पाएको बताईन । उनले यस्ता व्यवहारीक ज्ञानले बिद्यार्थीहरुलाई वातावरण बारे जानकारी हुने धारणा राखिन ।


    प्रयास परियोजनाका सुपरभाईजर बिनिता घिमिरेले उक्त बिद्यालयमा विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको र अगामि दिनहरुमा यसैगरी कार्यक्रमलाई निरन्तरता दिने बताईन । यसअघि गेरुवा ग्रामिण संघले उक्त बिद्यालयमा छात्राहरुका लागि शौचालय निमार्ण गरेको थियो । त्यस्तै संस्थाले बिद्यार्थीहरुलाई शुद्ध खानेपानीका लागि पानी ट्यांकी सहयोग गरेको छ ।

  • १ भाद्र २०७८, मंगलवार २१:४९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु