अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ - Dastabej

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ


  • दस्तावेज

  • काठमाडौं । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    पाँचथर तुम्बेवा गाउँपालिका(५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी उक्त रकम ठगी गरी सम्पर्क विहीन भएको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा अर्जुनधारा नगरपालिका ५ शान्तिचोकबाट पक्राउ गरेको छ ।
    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

  • १ भाद्र २०७८, मंगलवार २२:४५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा