मध्यरातमा भारतबाट “तस्करी” ( फोटो ) – Dastabej

मध्यरातमा भारतबाट “तस्करी” ( फोटो )


  • दस्तावेज

  • नेपालगन्ज । सीमावर्ती भारतीय बजारबाट तस्करी गरी ल्याइएको भन्दै ६० वटा खसीबोेका लोड गरिएको भे १ क १२४३ नम्बरको ट्क स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धनौली खजुरामा बुझाए । नियन्त्रणमा लिइएका खसी हेर्दै नेपाली नभएको सहजै अनुमान गर्न सकिन्छ । तर उक्त खसी विष्णुप्रसाद पार्देले काठमाडौंको नवीन जिसीलाई पठाउन लागिरहेको कागज भेटियो ।

     

    उक्त खसी ओसारपसारका लागि भेटनरीका डा. आरके ओलीले सर्टीफिकेट र्दिएका छन । नेपाली खसी नै हो भने राति मध्यरातमा सीतापुर, रिमझिम बजार हुँदै ओसारपसार गर्नुपर्ने कारण के हुनसक्छ ? स्थानीय भन्छन्, यो खसी नेपाली हुँदै होईन । भारतबाट ल्याइएको हो ।

    ट्क चालकले पनि यसअघि भारतीय खसी ८ पल्ट यसरी नै ट्कमा राखेर लैजाँदा कोही पनि नबोलेको तर बुधबार राति पक्राउ पर्दा आश्चर्य लागेको जनाए ।खसीसहित ट्क पक्राउ परेको केहीबेरमै भे १ ज १०८९ नम्बरको गाडी सीमातिर बाट खजुरा तर्फ आइरहेको देखियो । खसीसहितको ट्क नियन्त्रणमा लिएको देखेपछि उक्त गाडी त्यहाँबाट भाग्न खोज्यो ।

    नभन्दै भारतबाट तस्करी गरी ल्याइएको लाखौंको कपडा बरामद भयो । उक्त कपडा बर्दिया बाँसगढीका राम जी फेन्सीको रहेको उल्लेख गरिएको छ । खसी र कपडासहितको गाडीलाई ईलाका प्रहरी कार्यालय धनौलीमा  बुझाएपछि सीमामा खटिने एक प्रहरी निरीक्षकको टोली तत्काल खजुरा पुगेको थियो ।

    भारतबाट तस्करीको आरोपमा पक्राउ गरिएको ट्क जिल्ला प्रहरीमा बुझाउँन लगिदै ।

    प्रहरी निरीक्षक (ईन्सपेक्टर)ले तत्काल खसी र कपडा छोडन् दबाव दिएको थियो । तर खजुरा प्रहरीले जिल्लामा जाहेर भइसकेको र एसी साबले जिल्लामै पठाउन निर्देशन दिएको जवाफ फर्काएपछि प्रहरी निरीक्षक निराश भएर फर्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरिएको खसी र कपडा बिहिबार बिहान भन्सार कार्यालयमा बुझाउने जनाएको छ । स्थानीयका अनुसार भारतबाट मध्यरातमा तस्करी हुने गरेको हो ।

     

     

  • ३ भाद्र २०७८, बिहीबार ०७:४० प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश