ठाकुरबाबामा नगरपालिकामा सपना परियोजनाको समिक्षा – Dastabej

ठाकुरबाबामा नगरपालिकामा सपना परियोजनाको समिक्षा


  • दस्तावेज


  • बर्दिया । ठाकुरबाबा नगरपालिकाले प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्य तथा समन्वयमा बालबालिका लागि सन्चालन गरिएको सपना परियोजनाले गरेका क्रियाकलापको प्रगतीको समिक्षा र अगामी बर्षको योजनाबारे छलफल गरेको छ । उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरुको समुह बनाएर समुह कार्य गरेका थिए जसमा बालबालिकाको सपना परियोजनाले गरेका उपलब्धि र सल्लाह सुझाबबारे छलफल गरी समुहगत प्रस्तुतिकरण गरेका थिए । उक्त कार्यक्रममा बालबालिकाको सपना परियोजनाबारे जानकारी परियोजना संयोजक प्रशंसा भण्डारीले गरेकी थिईन ।

    गतबर्षको कार्यक्रमको समिक्षा तथा अगामी योजनाबारे उक्त परियोजनाका फिल्ड सुपरभाजर नरेश चौधरीले जानकारी गराए । बालबालिका सपना परियोजनाले समुदायमा ब्यबहार परिवर्तन भईरहेको र कार्यक्रम निरन्तर हुनुपर्ने ठाकुरबाबा महिला स्वास्थ्य स्वयसेविका संजालका अध्यक्ष मधु शर्माले सुझाव दिईन । ठाकुरबाबा वडा नं ४ का स्वास्थ्य इन्चार्ज कृपाराम गड्तौलाले गर्भवती चेककप तथा बालबालिकाको स्वास्थ्य परीक्षण गराउनेको संख्या बढेको अनुभव सुनाए । उक्त कार्यक्रममा संस्थागत परिचय र समग्र कार्यक्रमको समिक्षाबारे थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिङ थारुले जानकारी दिईन । बालबालिकाको सपना परियोजना पाइलटिङका रुपमा ठाकुरबाबा नगरपालिकाबाट सुरुवाट भएको थियो । नगरपालिकाका उपप्रमुख कृस्णा कुस्मा थारुले सहयोगी संस्थारुलाई धन्यबाद दिईन । कार्यक्रम संचालन ठाकुरद्धारा स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र सुवेदीले गरेका थिए ।

  • ३ भाद्र २०७८, बिहीबार १४:०५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ