सयौंँ वर्ष पुरानो बुद्धको मुर्तिसहित ५ पक्राउ – Dastabej

सयौंँ वर्ष पुरानो बुद्धको मुर्तिसहित ५ पक्राउ


  • दस्तावेज

  • बर्दिया । बर्दिया प्रहरीले सयौंँ वर्ष पुरानो बुद्धको मुर्तिसहित ५ जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई पक्राउ गरेको हो । गुलरिया नगरपालिका ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका ९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका ९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका २ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।


    उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति करोडौं रुपैयाँमा किनबेच गरिरहेका भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति हित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • ३ भाद्र २०७८, बिहीबार १७:३९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान