आज मोहर्रमः धार्मिक शहरको नमुना नेपालगन्जमा हिन्दुले पनि राख्छन् ताजिया – Dastabej

आज मोहर्रमः धार्मिक शहरको नमुना नेपालगन्जमा हिन्दुले पनि राख्छन् ताजिया


  • दस्तावेज

  • नेपालगन्ज— नेपालगन्ज त्यसै धार्मिक शहरको नमुना बनेको होईन । यहाँका विभिन्न धर्मलम्बीहरुले एकअर्काको धर्मलाई सम्मानमात्रै गर्दैनन्, धार्मिक कार्यहरुमा उत्तिकै सहभागि हुने गरेका छन् । मुस्लिम समुदायको पर्वमा हिन्दु धर्मलम्बीहरुको उत्तिकै सहभागिता हुने गरेको छ । ति मध्ये एक हो, मुस्लिम समुदायको मोहर्रम पर्व । नेपालगन्जका कतिपय हिन्दु धर्मालम्बीहरुले मुस्लिम समुदायजस्तै आफ्नै घरमा ताजिया राख्ने गरेका छन् । नेपालगन्जका कोरियनुिर, बेलासपुर, फुल्टेक्रा र कांरकांदो क्षेत्र लगायतका कतिपय सर्वसाधारणहरुले घरमै ताजिया राख्ने गरेका हुन । हिन्दु धर्मलम्बीहरुले घरमा ताजिया राख्दा मनोकामना पूरा हुने र दुख हट्ने जनविश्वास छ । नपालगन्ज १२ का प्रदिप कोरीले बाजेकै पालादेखि हरेक वर्ष घरमा ताजिया राख्दै आएको बताए । उनले भने, मेरो बाजे,बुबाको पालादेखि हुँदै मैले पनि मोहर्रममा ताजिया राख्दै आएको छु । यहाँका मुश्लिम धर्मालम्बीहरुले शुक्रबार सााँझ ताजिया बिसर्जन गर्ने तयारीामा छन् । उनीहरुले ढोल बजाँदै ताजियालाई स्थानीय कर्बलामा लागेर बिसर्जन गर्ने चलन छ ।

    इस्लामिक वर्षको पहिलो महिनादेखि मुश्लिमहरुले १० दिनसम्म मोहर्रम पर्व मनाउने गर्दछन् । अल्लाहका दुत ईमामे हुसने युद्वका क्रममा ईराकको कर्बलामा शाहदत प्राप्त गरेको सम्झनामा यो पर्व मनाईने गरिएको नेपालगन्जका मुश्लिम अगुवा शकिलअहम्द कादरीले बताए । मुश्लिम युवाहरुले छातीमा ब्लेड हानेर अल्लाहका दुतलाई कुर्बानी दिने परम्परा । बिहिबार राती नगरका विभिन्न टोलमा राखिएको ताजियाहरुलाई एउटै स्थानमा राखी ताजिया मिलन गराएका थिए । युवाहरु आगोमा हिड्ने, शरिरमा फलामको सिक्री हिर्काउने र लाठी खेल्छन् ।
    मुश्लिम महिलाहरु अल्लाहका दुतलाई भावबिहोर हुँदै बिदाई गर्छन । मुश्लिम समुदायले मोहर्रम पर्व मनाउने गरेपनि ताजिया बिसर्जन समारोहमा गैर मुश्लिम समुदायहरुको पनि उत्तिकै उपस्थिति रहने गर्छ । नेपालगन्जको चिडिमार बस्तीका बर्साती चिडिमारले पनि ताजिया राख्न थालेको बर्षौ भइसक्यो । उउनले हरेक वर्ष मुस्लिमहरुले जस्तै घरमा ताजिया राख्ने र अन्तिम दिन सेलाउने गरेको अनुभव सुनाए । त्यसो त बाँकेमा रहेका दर्जनौ मुस्लिम मजारहरुमा गैर मुस्लिमहरु पूजाका लागि पुग्ने गर्छन । यसले यहाँको धार्मिक विविधतामा सहयोग पुर्याउनुनको साथै नेपालगन्जलाई धार्मिक नमुनाको शहरमा चिनाएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १२:२० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश