छोरी गुमाएका राजापुरका देवले भने, “मेरो अगाडिअगाडि हिडिरहेकी ३ वर्षकी छोरीलाई चितुवाले झम्टेर मार्यो” – Dastabej

छोरी गुमाएका राजापुरका देवले भने, “मेरो अगाडिअगाडि हिडिरहेकी ३ वर्षकी छोरीलाई चितुवाले झम्टेर मार्यो”


  • दस्तावेज

  • बर्दिया । राजापुर नगरपालिका वडा नं १० भगतपुरका देव जैसी बिहिबार साँझ करिव ७ वजे गोठबाट घर फर्किदै थिए । उनीसंगै करिव ३ वर्षीया छोरी कमला जैसी पनि थिइन् । घरबाट गोठ जाने बाटोमा मकै बारी छ । भदौको यो महिनामा बारीभरी अग्ला मकै छ । मकैसंगै जोडिएर जंगल छ । घर फर्किने क्रममा देवाको अगाडिअगाडि उनका ३ वर्षीया छोरी कमला खेल्दै हिडिरहेकी थिईन । देव पनि छोरीको गफमै भुलेका थिए । मायालु भाषामा छोरीछोरी भन्दै हिड्नका लागि हौसला दिइरहेका थिए । कमला पनि बुबाको हौसलामा पाएर मकै बारीको बाटोमा हिडिरहेकी रहेकी थिईन ।

    फोटोः फाईल ।

    ‘एक्कासी मकैमा लुकेर बसेको चितुवाले ३ वर्षीया कमलालाई झम्ट्यो। मेरो होश उड्यो,’ बुबा देवले प्रहरी समक्ष घटना बारे सुनाएका छन्,‘नहुने धटना भयो । छोरीलाई बोकेको भए चितुवाले मलाई झम्टिन्थ्यो होला । के थाह मकै बारीमा चितुवा छ भनेर ।’ उनका अनुसार यसअघि गोठ आउजाउ गर्दा चितुवा देखिएको थिएन । ईलाका प्रहरी कार्यालय राजापुरका डिएसपी भरत लामाका अनुसार चितुवाले झम्टेपछि घाइते बालिका घाईते भएकी थिईन । उनलाई उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश