महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच शुक्रबार झडप हुँदा १२ जना बढी घाईते भएका छन् । प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै शिक्षकहरु पालिकामा धर्ना बस्न गएका हुन। । संघका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको अरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए । आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ ।