फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो – Dastabej

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो


  • दस्तावेज

  • काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।फिफाद्वारा शुक्रबार सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ ।  विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटाँै, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १५:२४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान