सप्तरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिकाका ३५ घर डुबानमा परेको छ । नगरप्रमुख शैलेशकुमार साहका अनुसार बाढीले दुई घरमा कटानमा परेको छ । त्यस क्षेत्रमा दुई फिटसम्म पानी जमेको छ ।
चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताउँछन् ।