काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय नेपालमा २६ जनाको मृत्यु भएको छ । त्यस्तै देशभरी थप ३,०४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा हालसम्म ८ लाख २३ हजार संक्रमित भइसकेका छन् भने मृतकको सङ्ख्या १०,४५५ पुगेको छ।कुल १७,६५४ परीक्षण गर्दा १९.५ प्रतिशतमा कोभिड सङ्क्रमण देखिएको हो । हाल नेपालमा ४०,३०९ जनामा सक्रिय सङ्क्रमण छ ।