बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो - Dastabej

बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो


  • दस्तावेज

  • नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । उसले मजदुरदेखि बिज्ञको दैनिक ज्याला र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकलले सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगे डकर्मी, सोलार ग्रेडर अपरेटरलाई दैनिक ८ सय ४० रुपैयाँ दैनिक ज्यालादारी तोकेको छ । त्यस्तै ज्यामी, कुल्ली, सर्बे हेल्पर, खानी मजदुर, क्लिनर, स्प्रे मेन र चौकिदारलाई दैनिक ज्याला ५९० रुपैयाँ तोकेको छ । बिज्ञहरुको दैनिक परिश्रमिक ३ हजार ६४० रुपैयाँ निर्धारण गरिएको छ ।

    ढुंगा, गिट्टी प्रति डोको १६५, बेतको टोकरी २० सीएम साईजको ३०० मुल्य तोकिएको छ । नगरपालिकाभित्रको माटो प्रति घन मिटर ३५०, बाँस प्रति गोटा २८४, गोबर प्रति घनफिट ६, खर मुठाको २३, धानको भुस प्रतिकिलो ६ रुपैयाँ, नेपाली सिमेन्ट ओपीसी ७८० रुपैयाँ बोरी, पीपीसी ६८०, चिम्नीको इटा प्रति हजार १२ हजार, भुसमा पकाएको इटा प्रति हजार ८४२९ रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तो छ मुल्य निर्धारणको पूर्ण सूची

     

  • ५ भाद्र २०७८, शनिबार १४:३२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा