घस्रिदै थलिउड – Dastabej

घस्रिदै थलिउड


  • दस्तावेज

  • फाईल फोटो ।

    नेपालगन्ज— थलिउड । अर्थात थारु फिल्म ईन्ड्रस्टिज । थारु भाषाको फिल्म पछिल्लो समय कसैले बनाउना आँट गरेको छैन । पछिल्लो पल्ट थारु भाषाको चलचित्र भुरभुरा निमार्ण गरेर गाउँगाउँ प्रदर्शन गरियो । गाउँमा देखाउनुको एउटै उदेश्य थियो, लगानी उठाउनु । मुलधारको नेपाली फिल्ममा जस्तै १५ लाख बढी खर्च भएको थिया,े त्यो फिल्ममा । सुटिङमा अत्याधुनिक क्यामरा र ड्रोनसमेत प्रयोग गरिएको थियो । नायक इन्द्र चौधरी र नायिका भिषमाकुमारी चौधरीले २० हजार पारिश्रमिक लिएका थिए । सहायक भूमिकामा देखिएका दर्जनौ कलाकारणहरुले १० हजारदेखि २० हजारसम्म पारिश्रमिक पाएका थिए । निर्माता रामलाल चौधरी हुन । थारु चलचित्रमा लाखौ लगानी लगाउनु आफैमा पनि चुनौति मानिन्छ । र, भयो पनि त्यस्तै । निर्माता रामलाल हाल अमेरीका छन् । पुर्बदेखि पश्चिम तराईमा थारु समुदायका लाखौँ दर्शक छन् । तर उक्त चलचित्रले लगानी उठाउन सकेन । त्यसयता थारु फिल्म बनेका छैनन् ।  त्यसो त दुई वर्षअघि प्रर्दशनमा आएको ‘तुहारविना का जीना’ चलचित्रले पनि राम्रो बजार लियो । उक्त चलचित्र १० लाख लागतमा निर्माण गरिएको थियो । नायिका अनुराधा चौधरीले ३५ हजार पारिश्रमिक लिएकी थिईन । त्यसो त सुरुका दिनमा शौख पूरा गर्न थारु युवाहरु चलचित्रमा हाम फाल्थे । तर पछिल्ला दिनमा भने निर्माताहरुले मुख्य भूमिकाका कलाकारलाई पारिश्रमिक दिन थालेका छन् । कलाकारहरुले पनि पारिश्रमिक पाउँदा दंग छन् ।

    फाईल फोटो ।

    त्यसअघि अनुराधाले ‘अभागीन बनल सुहागन’ चलचित्रमा १५ हजार पारिश्रमिक लिएकी थिईन । त्यति बेला उक्त पारिश्रमिक पाउनु पनि ठूलै कुरा थियो । उनले त्यति नै पारिश्रमिक लिने गरी बौछार, जाली संसार, लुटल जिन्दगी, करम, बहार लगायतका दर्जन बढी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेकी छन् । डोटेली भाषाको सोरैमा उनी बिरज भट्टसंग पनि खेलेकी थिईन । पछिल्लो समय चलचित्रभन्दा पनि म्युजिक भिडियो बन्ने क्रमले तिब्रता पाएको छ । अधुनिकतासंगै आधुनिक गीतहरु धमाधम रेकर्ड भइरहेका छन् । बाँकेका गायक खेम भौगोरीयाले एक सय गीतहरु गाएका छन् । कतिपयको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । मोडलका रुपमा नरेश, जगन्नाथ, दिपक, राम, राजकुमार र मनोज चौधरी लगायतका युवाहरु म्युजिक भिडियोमा देखिएका छन् ।

  • ५ भाद्र २०७८, शनिबार १५:५७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान