रोल्पा । रोल्पाको पश्चिम क्षेत्रमा बाँदरले किसानको मकै र फलफूल खाने र नोक्सान गर्न थालेर आतंक मचाएको छ र। घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको स्थानीयको गुनासो छ । उनीहरुका अनुसार घरमा पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले खाईदिने गरेको छ । स्थानीय मनु बुढामगरले बाँदरलाई जति लखेटे पनि फेरि खेतबारीमा आउने गरेको बताए । वर्षात् भइहेका कारण परिवर्तन गाउँपालिका ६ ओह गाउँमा रहेको भिरखामे पहरामा बाँदर बास बस्नका लागि आएको स्थानीयले बताए । त्यस्तै बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँको अन्नबाली नोक्सान गरेको छ।