नेपालगन्ज । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसका कारण नेपालमा थप ३० जनाकोमृत्यु भएको छ । त्यस्तै पछिल्लो समय नेपालभरी थप २,०७५ जना संक्रमित भइसकेका छन् । शनिबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार नाघेको छ । मृतककोसंख्या १०,४८५ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्।