रक्षाबन्धनः राखीको मुल्य १० रुपैयाँदेखि १ हजारसम्म – Dastabej

रक्षाबन्धनः राखीको मुल्य १० रुपैयाँदेखि १ हजारसम्म


  • दस्तावेज


  • नेपालगन्ज । हेर्दा समान्य लाग्न सक्छ । रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाईको हाँतमा बाँध्ने राखी कागज वा धागोको बन्छ । यसको मुल्य सम्बन्धको अगाडि तुलना गर्न सकिदैन । तर पनि बजारभरी पसलमा राखिएका राखीको मुल्य भने तोकिएको छ । दाजुभाईको हाँतमा बाँधिने राखीको मुल्य १० रुपैयादेखि एक हजारसम्म तोकिएको छ । सर्वसाधारणहरु आफ्नो आर्थिक हैसियत अनुसार किन्ने गरेको व्यवसायी बताउँछन् । रक्षाबन्धन राखी किन्नेहरुले भने दाजुभाईको सम्बन्ध जोड्ने राखीको मुल्यलाई सम्बन्धसंग तुलना गर्न नमिल्ने बताउँछन् ।
    मधेसी समुदायमा रक्षाकवच

    मुलुकभरी जनैपुर्णिमा मनाई रहँदा बाँकेका मधेसी समुदायले फरक तरिकाले रक्षाबन्धन मनाउँदै आएका छन् । दिदी बहिनीले दाजुभाईको हातमा राखी (धागो) बाँधेर पर्व मनाउँछन् । उक्त समुदायले राखीलाई रक्षा कवचका रुपमा लिने गरिन्छ । दिदीबहिनीले राखी बाँधेपछि दाजुभाईले जुनसुकै अवस्थामा पनि रक्षा गर्ने प्रतिबद्धता गर्छन । दाजुभाई नभएका दिदिबहिनीले अरु पुरुषको हातमा राखी बाँध्न सक्छन् । दाजुभाईले दिदिबहिनीको हातमा राखी बाँधेर जुनसुकै परिस्थितीमा पनि सुरक्षा दिने बचन दिन्छन् । नेपालगन्जकी आरती पटेलले पनि रक्षाबन्धन पर्वलाई रक्षा कवचका रुपमा मनाउने गरेको बताईन । रक्षाबन्धन पर्व मनाउने परम्परा निकै पुरानो हो । यो धार्मिक तथा पौराणिक कथासंग पनि जोडिएको छ ।

    जानकारहरुले रक्षाबन्धन बारे अनेक किबदन्ती सुनाउछन् । राजा बली र बिष्णु भगवानसंग जोडिएको अरिओम पाठक बताउँछन् । राजाबलीले विष्णुलाई सर्बस्व दान दिए । राजावलीका श्रीमतिले विष्णुलाई रक्षाबन्धन बाँधेपछि विष्णुले राजाबलीलाई मुक्त गरेको किवन्ती छ । दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा आईतबार बिहानबाटै सुरु भइसकेको छ । नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाईलाई विभिन्न प्रकार राखी बांधेर मिठाई खुवाउँछन् । राखीको मुल्य १० रुपैयादेखि एक हजारसम्म पर्छ । दाजुभाईले इच्छा अनुसार दिदिबहिनीलाई दक्षिणा दिने चलन मधेसी समुदायमा छ । मधेसी समुदायले दाजुभाईको हातमा राखी बाँधेर मनाउने चलन अन्य

    किन मनाईन्छ रक्षा बन्धन ?

    रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ । रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

    आज जनै पूर्णिमा पनि हो । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र० तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ९ब्राह्मण, क्षेत्री, वैश्य० ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

  • ६ भाद्र २०७८, आईतवार ०७:३९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान