नेपालगन्ज । कोरोना संक्रमणपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएका सुर्खेत सिम्ता ३ का ७१ वर्षीया लालबहादुर सिंह र दांग तुल्सिपुर उपमहानगरपालिका ६ का ५ वर्षीय खिमबहादुर केसीको मृत्यु भएको छ । उनीहरुको आईतबार बिहान २ वजे र बिहान ५ वजे मृत्यु भएको हो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि ल्याइएका कोरोना संक्रमितहरुको नेपालगन्जमा मृत्यु संख्या ३९३ पुगेको छ । बाँकेका ३२६ को कोरोनाबाट मृत्यु भइसकेको छ ।