नेपालगन्ज । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम माधव नेपाल समूहमा लागेर सरकारमा सहभागि हुन गइरहेको समाचारप्रति उनको निजी सचिवालयले आपत्ती जनाएको छ । सन्चारमाध्यम र सामाजिक सन्जालमा आइरहेको समाचार सत्य नभई चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ती जनाइएको हो । निजी सचिव दिपक टमटाले सामाजिक सन्जाल माफर्त नेता गौतम माधव नेपाल पक्षमा नलागी एमाले रहेको बताएका छन् । नेता गौतमकोको नेतृत्वमा माधव नेपाल पक्षबाट सहभागि हुँदा उपप्रधानमन्त्री बन्न लागेको समाचार सार्वजनिक भइरहेका छन् ।