घुमुवा प्रहरीले पत्रकारको मोटरसाईलमा राखे लागुऔषध – Dastabej

घुमुवा प्रहरीले पत्रकारको मोटरसाईलमा राखे लागुऔषध


  • दस्तावेज

  •  

    रौतहट । घुमुवा प्रहरीले रिसईबी साध्न रौतहटका एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहको मोटर साईकलमा लागुऔषध राखेर फसाएको भिडियो सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिएका प्रहरीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको दाबी गरेको थियो । तर तर सीसी टीभी फुटेजमा घुमुवा प्रहरी असई उदय यादव, जवान मनोज शाहलगायतले अन्य दुई युवाको सहयोगमा मोटरसाइकलमा लागुऔषध राखिरहेको देखिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले बिज्ञप्ती जारी गरी जनाएको छ । लागूऔषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसी टीभी फुटेजबाट प्रस्ट भएकाले देखिएकोले निर्दोष देखिएका पत्रकार तथा अर्का व्यक्तिलाई तत्काल रिहाइ गर्न माग गरिएको छ । रौटहट प्रहरीका डीएसपी नारायणप्रसाद चिमरियाले भिडियोमा देखिएका व्यक्तिलाई नियन्त्रणमा राखेर छानविन थालिएको दाबी गरे ।

  • ६ भाद्र २०७८, आईतवार १५:२९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ