कोरोना संक्रमित थप २४ को मृत्यु, मृतकको सङ्ख्या साढे १० हजार नाघ्यो – Dastabej

कोरोना संक्रमित थप २४ को मृत्यु, मृतकको सङ्ख्या साढे १० हजार नाघ्यो


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालभरीमा कोरोना संक्रमित मध्ये थप २४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२,५१६ जनाको परीक्षण गर्दा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ३,०७३ जनाको एन्टिजनद्धारा र अन्यको पीसीआर परीक्षण गरिएको थियो ।

    आईतबारको अभिलेखसहित मुलुकभरी सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार नाघेको छ । मृतकको सङ्ख्या १०,५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आईतबार २,२४८ जना कोरोना जितेका छन् । संक्रमित मध्ये ३,१९६ जना आइसोलेशनमा राखिएका छन् । अस्पतालमा उपचार गराइरहेकामध्ये ६८१ जना सघन उपचार कक्ष आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्।

     

     

  • ६ भाद्र २०७८, आईतवार १७:०० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश