माधव नेपाललाई शान्ताको जवाफ,“हिजो गुन लगाउँदैमा जीवनभर पिछालग्गु हुनपर्ने ? बिचारको कुरा गर्दा तँ कमलरी होस नबोल भन्ने ?” – Dastabej

माधव नेपाललाई शान्ताको जवाफ,“हिजो गुन लगाउँदैमा जीवनभर पिछालग्गु हुनपर्ने ? बिचारको कुरा गर्दा तँ कमलरी होस नबोल भन्ने ?”


  • दस्तावेज

  • नेपालगन्ज । दांगकी प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक शान्ता चौधरीको एउटा पुरानो फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै माधव नेपाल समूहका कार्यकर्ताले गालीको बौछार गरेका छन् । उक्त फोटोको क्याप्सनमा शान्तालाई कम्लरीबाट सिंह दरवार पुर्याउने माधव नेपाल हुन । तर सांसद शान्ता उनै माधव नेपालको सांसद पद खोसिनु पर्छ भन्दै सभामुखको कार्यकक्षमा धर्ना दिन जाने गरेको भन्दै तल्लो स्तरको गाली सामाजिक सन्जालमा पोखिएको छ । त्यसको जवाफमा सांसद शान्ताले यसरी दिएकी छन् ।

    हो कमरेड ।

    म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ ।यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।

    कमरेडहरु ,
    मैले कमरेड माधव नेपालको अपमान कहिले गरें रु एकपटक बताई दिनुहोस् न कमरेड १ मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें रु भनिदिनुहोस न कमरेड १ मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ , घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड , आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन । मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो , म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएमा त्यसमा दुस्ख लाग्छ मलाई । आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन , एउटा श्रद्धा गरेको मेरो नेतालाई , आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु , बोलेर भन्छु , चिच्याएर भन्छु ।

    बारम्बार मेरो यो एउटा तस्बिर देखाएर व्यक्तिको दास बन्न मनोबैज्ञानिक दबाब दिनेहरूलाइ मेरो आग्रह छ , आस्थाले जोडेको सम्बन्ध बिचार मिल्दासम्म जोडिन्छ तर बिचार नमिलेका दिन तोडिन्छ । बिचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो , बिचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ । हिजो तलाई गुन लगाउनेको जीवनभर पिछालग्गु हुन पर्थ्यो किन हुन सकिनस ? भन्ने चिन्तनसँग मेरो असहमति छ । राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ । अझै जो जसले ब्यक्तिका पछाडि होईन बिचारका पछाडि लाग्नपर्छ भनेर अरुलाइ अर्ती दिने गर्दछन तिनैले यस्ता कु तर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ ।

  • ७ भाद्र २०७८, सोमबार ०७:४६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?