प्रमुख प्रतिपक्षीको अनुपस्थितीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए बिश्वासको मत – Dastabej

प्रमुख प्रतिपक्षीको अनुपस्थितीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए बिश्वासको मत


  • दस्तावेज

  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदको अनुपस्थितीमा विश्वासको मत लिएका छन् । नेकपा एमालेले मुख्यमन्त्री केसीलाई समर्थन गर्ने सुर्य चुनाव चिन्हबाट जितेका प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गर्न माग गर्दै आएको थियो ।

    तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमालेका सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गर्दै बिश्वासको मत लिने प्रक्रियालाई अगाडि बढाएका थिए । प्रतिपक्षीको अनुपस्थितीमा मुख्यमन्त्री केसीले राखेको बिश्वासको मतको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् ।

  • ७ भाद्र २०७८, सोमबार १८:२१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश