नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको अभिलेख अनुसार नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंर्ग कोरोना भाइरसका कारण नेपालमा १० हजार ५३३ को ज्यान गएको हो । त्यस्तै सोमबार थप १८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।