बर्दियाका किशोरीहरुलाई जिवन उपयोगी तालिम – Dastabej

बर्दियाका किशोरीहरुलाई जिवन उपयोगी तालिम


  • दस्तावेज

  •  

    बर्दिया । बाल विवाह, चाँडो विवाह र जवरजस्ति विवाह रोकथामका लागि बर्दियाका १८ बर्ष देखी २४ बर्ष उमेर समुहका किशोरीहरुलाई जिवन उपयोगी शिप, उद्यमशिलता र व्यवसायीक योजना सम्बन्धि पाँच दिने तालिम सोमबार देखी सुरु भएको छ । प्लान ईन्टरनेशलन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके साझेदारीमा सञ्चालित  परियोजना अन्तर्गत उक्त तालिम सन्चालन गरिएको हो । परियोजना प्रबन्धक अम्बिकाप्रसाद तिम्लिसिनाले बिद्यालय जान छोडका, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको ज्ञानको अभाव, आर्थिक विपन्नता, परम्परागत हानिकारक मुल्य मान्यता र संरक्षणको अभावले बालविवाह, चाँडो विवाह र जबरजस्ति विवाह हुने पाँच कारण रहेको बताए । उनले आर्थिक विपन्नता परिवारका किशोरीहरुलाई आयमुलक कार्यमा सहभागी गराई बालविवाह, चाँडो विवाह र जबरजस्ति विवाह रोक्ने लक्ष्य परियोजनाले लिएको जानकारी दिए ।

    आर्थिक  समस्याका कारण बिद्यालय जानबाट बञ्चित भएका र बालविवाहको जोखिममा पर्न सक्ने किशोरीहरुलाई उद्यमशिल बनाउने लक्षय रहेको परियोजना संयोजक दिनेशकुमार चौधरीले बताए । ५ दिनसम्म सञ्चालन हुने तालिममा दलित, जनजाती, विपन्न परिवार र प्रत्याभुत परिवार ाट गरी जम्मा २५ जनाको सहभागी रहेको छ । उक्त तालिमको सहजिकरण रामकुमारी चोधरीले गरिरहेकी छन् ।

  • ८ भाद्र २०७८, मंगलवार ०६:०६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ