अफगानिस्तानः अमेरिकामाथि फौज फिर्तीको समयसीमा लम्ब्याउन दबाब – Dastabej

अफगानिस्तानः अमेरिकामाथि फौज फिर्तीको समयसीमा लम्ब्याउन दबाब


  • दस्तावेज


  • बीबीसी । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् । राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् ।मङ्गलवार हुने भर्चुअल जी(सेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुनेछ।तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । दबाबvपछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसहरूलाई उद्धार गरिएको छ । स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको छ । यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ ।

    तर यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउनेछन् । तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको छ । हालसम्म अफगानिस्तानबाट दशौँ हजारलाई उद्धार गरिएको छ तर भाग्न खोजिरहेका अरू मानिसहरू काबुल विमानस्थलभित्र वा नजिकै कोचिएर बसिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अबको २४ घण्टाभित्र फौजहरूको स्वदेश फिर्तीको समयसीमा बढाउने या नबढाउनेबारे निर्णय लिने रोएटर्स समाचार संस्थाले जनाएको छ ।नाम नखुलाइएका एक अधिकारीले पेन्टागनलाई तयारी गर्न समय दिने हिसाबले त्यसो गरिने उनले बताए ।


    काबुल विमानस्थल, तस्बिर स्रोत,रोयटर्स
    तस्बिरको क्याप्शन, अमेरिकी फौज फिर्ता भए ब्रिटेनका फौजमात्रै बसिरहन सम्भव नहुने जस्तो देखिन्छ

    विमानस्थलमा आक्रोश
    सोमबार काबुल विमानस्थलमा दर्जनौँको भिडले बीबीसीका सेकन्दर केरमानी सामु जम्मा भएर विमानमा आफूलाई चढ्न अनुमति नदिइएको भन्दै आफ्नो कागजपत्र देखाएका थिए । एकजना क्यानडाली अधिकारीले भिड आक्रोशित हुँदा हिंसा सामान्य बनिरहेकोु बताए । अमेरिकी मेजर जनरल ह्यांक टेलरले सोमबार २४ घण्टामा १६ हजार जनाको उद्धार गरिएको जानकारी दिए । यसले अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको उनको भनाइ छ । अमेरिकी फौज फिर्ता भएपछि तालिबानले अघि बढाएको सत्ता नियन्त्रण अभियान काबुल आइपुग्न लागेपछि उक्त हवाई उद्धार कार्य थालिएको थियो ।हालसम्म उत्तर पूर्वी काबुलमा रहेको पान्जसीर क्षेत्र मात्रै तालिबानको नियन्त्रणमा आउन बाँकी छ । उक्त क्षेत्र तालिबान विरोधीको गढ हो र त्यहाँ हजारौँ व्यक्तिहरूले लड्न तयार रहेको धारणा राखेका विवरण आएका छन् ।

  • ८ भाद्र २०७८, मंगलवार ०६:५६ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला