कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन – Dastabej

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन


  • दस्तावेज


  • काठमाडौं । कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र (होम सेन्टर) मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो ।

  • ८ भाद्र २०७८, मंगलवार १५:४६ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त