उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न छुट - Dastabej

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न छुट


  • दस्तावेज

  • काठमाडौँ, ८ भदौ(रासस) जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको राससलाई जानकारी दिनुभयो ।

    उहाँले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।

  • ८ भाद्र २०७८, मंगलवार १६:०० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा