पेस्तोलसहित २ जना पक्राउ – Dastabej

पेस्तोलसहित २ जना पक्राउ


  • दस्तावेज

  •  

    सर्लाही- बरहथवा नगरपालिका-६ स्थित चोकबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका-५ बस्ने २८ वर्षीय अगबर अंसारी रहेका छन् । बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा झोलाभित्र झुण्डयाएर ल्याएको अवस्थामा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार १८:५७ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला