कैलाली । गौरीगंगा नगरपालिका-४ राजिपुरस्थित सडकमा ग.१ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मान सिंह गुर्धामीको मंगलबार बिहान मृत्यु भएको छ । बाटो काट्ने क्रममा उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै भएको हो । ट्रक चालक उदयपुर हर्देनी गाबिस-३ ठेगाना भएका ३८ वर्षीय डेक राम खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।