सहकर्मीद्धारा भेरी र बर्दिया अस्पताललाई १५ लाखको स्वास्थ्य समाग्री सहयोग – Dastabej

सहकर्मीद्धारा भेरी र बर्दिया अस्पताललाई १५ लाखको स्वास्थ्य समाग्री सहयोग


  • दस्तावेज

  • नेपालगन्ज । सहकर्मी समाज नेपाल कोहलपुर बाँकेले मंगलबार नेपालगन्जको भेरी अस्पताल र बार्दियाको जिल्ला अस्पताल गुलारियालाई १५ लाख बढीको स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोरडाइड र इको संस्थाको सहयोगमा सहकर्मी समाजद्धरा संञ्चालित कोभिड १९ आपत्कालिन प्रतिकार्य नेपाल कार्यक्रमद्धरा सहयोग गरिएको संस्थाका कार्यक्रम संयोजक अन्जु गुरुङ्गले बताइन् । भेरी अस्पताललाई एन्टिजेन किट, भिटिएम पिसिआर किट, सर्जिकल माक्स, डिस्पोजेबल ग्लोब्स्, फेस सिल्ड लगायत्को ६ लाख ६ हजारको स्वास्थ्य समाग्री सहयोग गरिएको छ । त्यस्तै जिल्ला अस्पताल गुलारियालाई पनि भिटिएम पिसिआर किट, सर्जिकल माक्स, डिस्पोजेबल ग्लोब्स्, फेस सिल्ड, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन पाइपलाईन, अक्सिजन फ्लो मिटर रेगुलेटर लगायत् ९ लाख १६ हजार बढीको स्वास्थ्य समाग्री सहयोग गरेको सहकर्मी समाजका कोषाध्यक्ष बखत खड्काले बताए ।

    भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले यस्तो आपत्कालिन अवस्थामा भएको स्वास्थ्य समाग्री सहयोगले उपचारमा सहयोग पुग्ने बताए । भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य समाग्रीको सहयोगले सेवा प्रवाहमा उर्ज थपेको बताए । कोभिड प्रभाबित क्षेत्रमा आपत्कालिन सहयोग पुर्याउने उद्देश्यका साथ सहकर्मी समाजले स्वास्थ्य समाग्री सहयोग गर्दै आएको छ । गुलारिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले यसरी बिभिन्न संघसस्थाको सहयोगले कोरोना महामारीसंग जुभ्mन सहयोग पुग्ने बताए । उनलले खुसी व्यक्त गर्दै सहयोगी संस्थाका पदाधिकारीहरुलाई धन्यबाद समेत व्यक्त गरृे । गुलारिया अस्पताल बिकास समितिका अध्यक्ष अंगद श्रेष्ठले कोरोनाको संक्रमणका बेलामा स्वास्थ्य समाग्री सहयोग गर्नु महानकार्य भएको बताए । स्वास्थ्य समाग्री अभाव भैरहेको बेलामा प्रप्त सहयोगले उपचारमा सहजता आउने उनको भनाई थियो । स्वास्थ्य समाग्री हस्तान्तरण गर्दैै सहकर्मी समाजका कार्यक्रम निर्देशक अमरबहादुर ऐरले कोरोनाको महामारीले गर्दा सबै क्षेत्र प्रभाबित भैरहेको बेला उपचारमा सहयोग पु¥याउने दायित्वका साथ स्वास्थ्य समाग्री सहयोग गरेको बताए । यसले केही भए पनि स्वास्थ्य समाग्रीको अभावमा टेवा पु¥याउने उनको भनाई थियो । स्वास्थ्य समाग्री सहयोग गर्दा सहयोगी संस्था कोरडाइड र इको संस्थाको प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

  • ८ भाद्र २०७८, मंगलवार १९:२८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता