एमालेको दशौँ महाधिवेशन मङ्सिरमा गर्ने निर्णय – Dastabej

एमालेको दशौँ महाधिवेशन मङ्सिरमा गर्ने निर्णय


  • दस्तावेज

  • काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार दिउँसो बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ । यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहनुभएका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मङगलबत्रार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवाली । तस्वीरः चन्द्रकला क्षेत्री, रासस

    बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ । यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

  • ८ भाद्र २०७८, मंगलवार २०:१२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ