अमेरिकी राष्ट्रपति बाइडनः अफगानिस्तानको उद्धार कार्य ‘जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’ – Dastabej

अमेरिकी राष्ट्रपति बाइडनः अफगानिस्तानको उद्धार कार्य ‘जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’


  • दस्तावेज

  • REUTERS

    अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्‍याएका छन् । उनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए । बीबीसीका अनुसार तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन् । साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए । बीबीसीले सम्प्रेषण गरेको समाचार अनुसार यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए । उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताए । तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्‍याइनुपर्ने उनको भनाइ छ ।

    PA MEDIA

    उद्धार कार्य समयसीमाभित्रै सम्पन्न गर्नुपर्नेमा जोड ‘चाँडो सम्पन्न हुन्छ त्यति राम्रो, राष्ट्रपति बाइडनले भने। कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको बीबीसीेले जनाएको छ । नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ । तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन् ।

     

  • ९ भाद्र २०७८, बुधबार ०९:०० प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला