नेपालगन्जमा डेढ अर्ब भारुको आइसीपी निमार्ण आयोजनाः दुई वर्षको सम्झौता, काम १२ प्रशितमा खुम्चियो – Dastabej

नेपालगन्जमा डेढ अर्ब भारुको आइसीपी निमार्ण आयोजनाः दुई वर्षको सम्झौता, काम १२ प्रशितमा खुम्चियो


  • दस्तावेज

  •  

    नेपालगन्ज । दुई वर्षमा निमार्ण काम सक्ने भनिएको नेपालकै ठूलो मध्यको एक नेपाल—भारत सीमास्थित नेपालगन्जको जयसपुर एकिृत सुरक्षा जाँच (आइसीपी) आयोजनाको काम १२ प्रतिशतमा खुम्चिएको छ । उक्त आयोजनामा भारत सरकारले करिव डेढ अर्ब भारु खर्च गर्ने भएको छ । निमार्ण कम्पनीले कोरोना भाइरस महामारीका कारण ढिलाई भएको दाबी गरेको छ । शहरी तथा भवन डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले भारतीय पक्षले एक वर्षमा जम्मा १२ प्रतिशत काम मात्रै गरेको बताए । नेपाल सरकारले आइसीपी निमार्णका कार्यका लागि भारतबाट आउने सामाग्री र सवारी साधनहरुको भन्सार छुट गराएकोे छ ।

     

    सम्झौता अनुसार काम हुने हो भने बाँकेले दुई वर्षभित्रै आइसीपी पाउने पक्का थियो । उक्त आयोजनाका लागि भारतले १ अर्ब ४७ करोड लगानि गर्ने सम्झौता छ । नेपालले ८८. विगहा र भारतले पनि त्यही नै जग्गा नेपालभारत सीमामा अधिग्रहण गरी छुट्याएका छन् । आईसीपीको भवन निमार्णका लागि जग खनेर निमार्णको काम सुरु भएको छ । नेपाल भारत सवारी साधन आउजाउ सहजताका लागि ६ लेनको सडक बिस्तारको काम अगाडि बढेको छ । उक्त आयोजना ढेड दशकअघि नै सुरु गरिएको थियो । आईसीपीमा प्रवेशका लागि ६० मिटर चोडाईको २ हजार २ सय मिटर सडक बिस्तारको काम अन्तिम चरणमा छ । उक्त पहुँच राजमार्ग ६४ मिटर चौडा छ । दुई वर्षमा निमार्ण गरी उक्त आयोजनालाई भारतले नेपाललाई हस्तान्तरण गर्ने लक्ष्य छ । आईपीसीसम्म पुग्न रेलवे सेवाहरु बिस्तार गरिने लक्षय छ ।

  • ९ भाद्र २०७८, बुधबार ०९:३९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश