बाँके । कोरोना संक्रमणपछिउपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका दाङ राप्ती गाउँपालिका–३ का ८४ वर्षीय पुरुष र बाँके राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मंगलबार राति मृत्यु भएको हो । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए । बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ ।