सनाखतका लागि नेता नेपाल र ठाकुर निर्वाचन आयोगमा – Dastabej

सनाखतका लागि नेता नेपाल र ठाकुर निर्वाचन आयोगमा


  • दस्तावेज

  •  

    काठमाडौं । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सांसद तथा केन्द्रीय सदस्यहरु चन्द्रागिरीबाट सिधैं निर्वाचन आयोग पुगेका छन्
    । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले अध्यक्ष महन्त ठाकुर र केन्द्रीय सदस्यहरु सनाखतका लागि आयोग पुगेका छन् । गत सोमबारदेखि चन्द्रागिरी हिल्स रिर्सार्टमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो । त्यहाँबाटै नेताहरु आयोग पुगेका हुन ।
    आयोगले आज बुधबार भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । यसको लागि आयोगले साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ ।

     

  • ९ भाद्र २०७८, बुधबार १२:३६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?