नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बांकेको खजुरा गाउँपलिका २ रिमझिम बजारमा शुभकामना आदन प्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल खजुरा गाउँपलिकाको आयोजनामा भएको कार्यक्रममा नृत्य प्रस्तुति सगै महिलाहरु लाई दर समेत गरिएको थियो । तरुण दल खजुराका अध्यक्ष कोमल सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस बांकेका पुर्ब पार्टी सभापति युवराज शर्मा ,कृष्णमान श्रेष्ठ बुथ सभापतिमा राम बहदुर महतरा काग्रेस युवा नेता लक्ष्मी नारायण शाह लगायतको सहभागिता रहेको थियोे ।