”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै – Dastabej

”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै


  • दस्तावेज

  •  

    नेपालगन्ज । बाँके खजुरा गाउँपालिका सिमलघारीकी चन्द्रा विकले ९ दिन अघि भेरी अस्पताल नेपालगन्जमा शिशु जन्माईन । बुधबार शिशुको मृत्यु भएको भन्दै विक परिवारलाई शव बुझाइयो । शिशुको अन्तिम संस्कारका लागि परिवारले माजखोला पुर्याए । शव खोलेर हेर्दा विक परिवार आश्चर्यमा परे अनि आक्रोशित पनि बने । कारण के भने, शिशुको शवको हाँतमा गीता चौधरी नामको ट्याग लगाईएको रहेछ । अरुकै शिशुको शव दिएको भन्दै दहन नगरेर सुत्केरी चन्द्रा र श्रीमान गोविन्द बिकसहित स्थानीयहरु भेरी अस्पतालमा पुगे । उनीहरुले आफ्नो बच्चा जिउँदो रहेको तर अरुकै मृत बच्चाको शव बुझाएको भन्दै विवाद गरे । बुधबार राति १ वजेसम्म शिशु साटिएको भन्दै विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवादपछि भेरी अस्पताल नेपालन्जमा खटिएका प्रहरी निरीक्षक देव गिरीका अनुसार शिशुको मृत्यु भएपछि एक हाँतमा गीता चौधरी र अर्को हाँतमा चन्द्रा विक लेखिएको ट्याग लागेको थियो । विवादपछि अस्पताल प्रशासनले गलतबस शिशुको दुबै हाँतमा ट्याग लगाइएको स्वीकार गरेको छ । पछि मृत शिशुको अर्को हाँतमा चन्द्रा विक लेखिएको ट्याग लागेको देखेपछि विक दम्पत्ती शव बुझ्न तयार भएको प्रहरीले जनाएको छ । अस्पतालमा शिशु जन्मिएपछि पहिचानका लागि ो हाँतमा आमाको नाम लेखेर ट्याग लगाइन्छ । भेरी अस्पताल प्रशासाले यस बारे कुनै प्रतिक्रिया जनाएको छैन । प्रहरीका अनुसार उक्त घटना समाधान गर्न लागि बिहिबार बिहान साढे ८ वजे अस्पताल प्रशासन र विक दम्पत्तीबीच छलफल राखिएको छ ।

     

  • १० भाद्र २०७८, बिहीबार ०८:२४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ