नेपालगन्ज । भेरि अस्पताल नेपालगन्जमा मृत शिशुको शव साटिएको भन्ने बिवाद डिएनए परिक्षण गर्ने र घटना बारे सत्यतथ्य बुझ्न एक समिति गठन गर्ने निर्णयपछि सुलझिएको छ । मृत शिसु चन्द्रा विकको होकि कसको हो एकिन गर्न डिएन जाँच गर्न थालिएको हो । सहमतिपछि मृत ९ दिने बालकको दाहसँस्कार बिक परिवारले गर्ने भाएका छ्न । छानबिन समितिले अन्सन्धान पछि दोषी पाइए कारवाहि हुने बाँकेका एसपि शयामकृष्ण अधिकारिले बताए । यस्तो थियो घट्ना, बाँके खजुरा गाउँपालिका सिमलघारीकी चन्द्रा विकले ९ दिन अघि भेरी अस्पताल नेपालगन्जमा शिशु जन्माईन । बुधबार शिशुको मृत्यु भएको भन्दै विक परिवारलाई शव बुझाइयो । शिशुको अन्तिम संस्कारका लागि परिवारले माजखोला पुर्याए । शव खोलेर हेर्दा विक परिवार आश्चर्यमा परे अनि आक्रोशित पनि बने । कारण के भने, शिशुको शवको हाँतमा गीता चौधरी नामको ट्याग लगाईएको रहेछ । अरुकै शिशुको शव दिएको भन्दै दहन नगरेर सुत्केरी चन्द्रा र श्रीमान गोविन्द बिकसहित स्थानीयहरु भेरी अस्पतालमा पुगे । उनीहरुले आफ्नो बच्चा जिउँदो रहेको तर अरुकै मृत बच्चाको शव बुझाएको भन्दै विवाद गरे । बुधबार राति १ वजेसम्म शिशु साटिएको भन्दै विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवादपछि भेरी अस्पताल नेपालन्जमा खटिएका प्रहरी निरीक्षक देव गिरीका अनुसार शिशुको मृत्यु भएपछि एक हाँतमा गीता चौधरी र अर्को हाँतमा चन्द्रा विक लेखिएको ट्याग लागेको थियो । विवादपछि अस्पताल प्रशासनले गलतबस शिशुको दुबै हाँतमा ट्याग लगाइएको स्वीकार गरेको छ । पछि मृत शिशुको अर्को हाँतमा चन्द्रा विक लेखिएको ट्याग लागेको देखेपछि विक दम्पत्ती शव बुझ्न तयार भएको प्रहरीले जनाएको छ । अस्पतालमा शिशु जन्मिएपछि पहिचानका लागि ो हाँतमा आमाको नाम लेखेर ट्याग लगाइन्छ । भेरी अस्पताल प्रशासाले यस बारे कुनै प्रतिक्रिया जनाएको छैन । प्रहरीका अनुसार उक्त घटना समाधान गर्न लागि बिहिबार बिहान साढे ८ वजे अस्पताल प्रशासन र विक दम्पत्तीबीच छलफल राखिएको छ ।