नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म कोरोना भाइरस संक्रमित थप२४ जनाको मृत्यु भएको छ । त्यस्तै मा थप २,४३३ जनामा कोरोनाको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृतकको संख्या १०,६३८ पुगेको छ भने सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ३६ हजार नाघेको छ ।
बिहीवार सार्वजनिकअभिलेख अनुसार १४,३७४ जना कोरोना पीसीआर र एन्टीपेन परीक्षण गर्दा २,४३३ जनामा कोरोना पुष्टि भएको हो । हाल परीक्षण गरिएका नमुनामा संक्रमण पुष्टि करिव १७ प्रतिशत पाइएको छ । त्यस्तै पछिल्लो एक दिनमा १,९२९ जनाले कोरोना जितेका छन् । हाल नेपालभरी ३८,३८४ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये ३५,३५४ जना होम आईुसोलेसनमा छन् ।