हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँः अध्यक्ष नेपाल – Dastabej

हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँः अध्यक्ष नेपाल


  • दस्तावेज

  • काठमाडौ । नेकपा (एकीकृत समाजबादी) का आध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनु भएको छ । पार्र्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको हो । अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उहाँको भनाइ थियो । “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ ।”

    आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।” अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा ९एमाले० को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जली दिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उहाँले जानकारी दिनुभयो । सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो । नेकपा (एमाले) प्रति असहमति जनाउँदै नयाँ पार्टी दर्ता गरेको हो । (रासस)

  • १० भाद्र २०७८, बिहीबार १८:०९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान