९ दिने शिशुको शवमा दुई नामको ट्यागः भेरीले भन्यो, ”कमजोरी भयो तर शव त्यही शिशुको हो ” – Dastabej

९ दिने शिशुको शवमा दुई नामको ट्यागः भेरीले भन्यो, ”कमजोरी भयो तर शव त्यही शिशुको हो ”


  • दस्तावेज

  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले मृत शिशुको दुबै हांतमा फरकफरक नामको ट्याग प्राविधिक कारणले लाग्न गएको जनाएको छ । तर मृत घोषणा गरिएको शिशुकै नै उक्त शव रहेको अस्पतालले जनाएको छ । बाँकेको खजुरा गाउँपालिकाका सिमलघारीका चन्द्रा विकको ९ दिनको शिशुको अस्पातलमा मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए । तर मृत घोषणा गरिएको एक हातमा गीता चौधरी र अर्को हातमा चन्द्रा विक लेखिएके ट्याग लगाइएको थियो । शिशुको शव दहसस्कारका लागि मानखोलामा लगेपछि खोलेर हेर्दा गीता चौधरी लेखेको ट्याग देखेपछि विकका परिवार र आफन्तहरु शव बोकेर अस्पताल पुगेका थिए । उनीहरुले शिशु साटिएको भन्दै विवादसमे गरेका थिए । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले चन्द्रा विकले जन्माएको शिशुकै मृतयु भएपनि प्राविधिक कारणले दुई वटा ट्याग लाग्न गएको बताए । गीता चौधरीले जन्माएको शिशु १० दिनको हो । तर चन्द्राले जन्माएको ९ दिनको थियो । त्यही ९ दिनकै शिशुको मृत्यु भएको हो । त्यति मात्रै होइन मृत घोषणा गरिएको शिशु र ९ दिनको शिशुको तौल पनि मिल्छ । बेड नम्बर पनि मिल्छ । चिकित्सकले स्वास्थ्य जाँच गरेका सबै कुछ मिल्छ,डा. थापाले भने, तर मृत घोषणा गरिएका शिशुको हातमा ट्याग लगाउँदा दुई वटाको नाम पर्यो । त्यो लापरवाही भएकै हो ।
    भेरी अस्पताल प्रशासनले घटना बारे छानबीन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भेरीले पत्र पठाईसकेको र त्यही अनुसार समिति गठन गर्ने बताए । उनले घटनाको अनुसन्धान गर्ने सहमति भएको जनाए । विक दम्पत्तीले उक्त बुझेर दाहसंस्कार गरेका छन् । विवादपछि उक्त शिशुकगो डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

  • ११ भाद्र २०७८, शुक्रबार ०९:१९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता