कैलाली । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको बिहिबार राति उद्धार गरिएको छ । उनीहरु घाँस काट्न गएका बेला नदीमा फसेका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको जिल्ला प्रशासन कार्यालयले जर्नाएको छ ।