बाढी र कटानले राप्ती सोनारी र डुडुवा गाउँपालिकामा आधा दर्जन बढी घर भत्किए, दर्जनौ घर डुबानमा – Dastabej

बाढी र कटानले राप्ती सोनारी र डुडुवा गाउँपालिकामा आधा दर्जन बढी घर भत्किए, दर्जनौ घर डुबानमा


  • दस्तावेज


  • नेपालगन्ज— दुई दिनदेखिको बर्षाले विभिन्न खोलामा आएको बाढीले राप्ती सोनारी गाउ‘पालिकाका बैजापुर क्षेत्रका ५ र डुडुवा गाउँपालिका वडा न. १ कन्हैपुरवाका दुई घर भत्किएका छन् । राप्ती सोनारीमा बाढीले पसेर घर भत्किएको हो भने डुडुवा गाउँपालिकाको दुई घर डुडुवा खोलाको कटानले भत्किएको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बैजापुर, धामपुरका अनुसार वडा न. ४, ४, ६ र ७ का चॉचाफर्का, चिलीया, राजपुर, बुद्ध चोक र लटकनीयाका गाउ‘हरु डुबानमा परेका छन् । धामपुरका प्रहरी प्रमुख सई मुकुन्द सिग्देलले वडा न. ७ बुद्धचोकका गोली थारु, वडा न. ४ का कोटी मुकेरी, वडा न. ४ कै आशाराम थारु, राजपुरका सुमन दमै, चॉचाफर्काका प्रकाश गिरीको घर भत्किएको जनाए । उनका अनुसार तरुवा खोला, चिलरिया र मोरन्गवा खोलामा आएको बाढी गाउ‘मा पसेको हो । डुडुवाको खडैचा प्रहरीका अनुसार रामबहोरी लोनिया र सुन्दर लोनियाको टीनको छानो भएको घर भत्किएको हो । तीन घर कटानको जोखिममा छन् । त्यस्तै राप्ती सोनारीका सडकमा बाढी पसेकाले सवारी साधन चल्न पूर्णरुपमा बन्द भएको छ । वडा न. ४ का वडाध्यक्ष कान्छु थारुले धामपुरका पर्वती ओलीको गोठ भत्किएको प्रहरीलाई जानकारी दिएका छन् । वडा न. ३ का वडाध्यक्ष गंगाराम चौधरीको घरमा बाढी पसेको छ । उनले हाल घरभित्रका समानहरु सुरक्षित स्थानतर्फ भगाईरहेको जनाएका छन् ।

  • ११ भाद्र २०७८, शुक्रबार १४:२२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश