बर्दिया– राजापुर नगरपालिकामा प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्य तथा समन्वयमा बालबालिकाको सपना परियोजनाले सन्चालन गरेको कार्यक्रमको प्रगतिको समिक्षा र नयाँ आर्थिक बर्षको योजनाबारे छलफल गरिएको छ । कार्यक्रममा सपना परियोजना बारे संयोजक प्रशंसा भण्डारीले विभिन्न कार्यक्रम बारे जानकारी दिएकी थिईन । परियोजनाका फिल्ड सुपरभाईजर नरेश चौधरीले गतबर्षको कार्यक्रमको समिक्षा तथा अगामी योजना बारे चर्चा गरेका थिए । समिक्षामा बालबालिका सपना परियोजनाले समुदायमा ब्यबहार परिवर्तनमा सहयोग पुर्याएको भन्दै निरन्तरताको सुझाव दिइएको थियो ।
त्यस्तै, समिक्षा कार्यक्रममा गर्भवती चेकजाँच, बालबालिकाको नियमति स्वास्थ्य परीक्षणमा बुवाको सहभागिता बढेको र बालबालिकामाथी हुने हिंसा न्युनिकरणमा सहज भएको बिश्लेषण गरिएको छ ।
उक्त परियोजनाले बालबालिकाहरुलाई जगफुड खानेकुराहरुमा न्युनिकरण, बास्तबिक ब्यबहारमा परिबर्तन गर्न टेवा पुर्याएको चर्चा गरिएको छ । संस्थागत परिचय र समग्र कार्यक्रमको समिक्षाबारे थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिङ थारुले जानकारी दिएकी थिईन । कार्यक्रम सन्चालन राजापुर नगरपालिका स्वास्थ्य शााखा सहसहयोजक हरिलाल थारुले गरेका थिए भने स्वागत राजापुर नगरपालिकाका स्वास्थ्य साखाप्रमुख गणेश अर्यालले गरे । कार्यक्रमको उदेश्य बारे महिला उत्थान केन्द्रका अध्यक्ष् लिलावती थारुले गरेका थिए । नगरपालिकाका अध्यक्ष शिव चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयसेविका लगायतको सहभागिता थियो ।