नेपालगन्ज । राप्ती सोनारी गाउ‘पालिका बुद्धचोकका गोलु चौधरी शुक्रबार करिव ३ वजेतिर बिहान मस्त निन्द्रामै थिए । गाउँमा बढी पस्न थालेको हल्लाले उनको निन्द्रा खुल्यो । त्यति बेलासम्म घरमा बाढी पस्न सुरु भइसकेको थियो । ३ वजे बिहानको अँध्यरोमा उनले केही मेसो पाएनन् । घरभित्रका समानहरु पनि निकाल्न समय पाएनन् । परिवारका सबैलाई उठाएर घर छोडे । त्यसको केही घण्टामा घर भत्कियो । घर भत्किएपछि हाल उनी छिमेकीको घरमा सरण लिएका छन् । ‘दुई दिनेदेखि पानी परेको थियो तर यसरी बाढी आउला भनेर लागेन । बिहिबार रातिसम्म बाढी नआएकाले ढुक्कै भएर सुतियो । आज बिहान आएको बाढीले टिनले छाएको घर भत्कियो,’ बाढीपीडित गोलुले भने,‘घरबाट केही निकाल्न पाइएन । घर भत्कियो । अन्नबाली सबै नोक्सान भयो ।’ वडा न. ४ कै हिरु मुकेरी, लटकनीया गाउँ‘का आसाराम थारु, राजपुरका सुमन दमै र वडा न. ५ का प्रकाश गिरीको घर पनि बाढी पसेर भत्किएको छ । मोरगंवा खोला र जंगलबाट बगेर आएको खोलाको बाढी स्थानीयको घरमा पसेको हो । शुक्रबार बिहान करिव ३ बजे अ‘ध्यरोका बेला बाढी आउँदा सर्वसाधरणहरुले बन्दोबस्तीका समानहरु भगाउन नसकेका हुन । उनीहरुको घरभित्र रहेका खाद्यन्न, लत्ताकपडा र दैनिक उपभोग्य बस्तुहरु माटोमा मिलेको छ । बाढीपीडित आशाराम थारुले घरभित्र शरीरको कुमसम्म पानी जमेको बताए । ‘बिहिबार रातिसम्म बाढी आउने छाँट थिएन । तर बिहान एक्कासी बाढी पसेकाले बढी क्षति भयो,’ उनले भने,‘उज्यालो भएको बेला बाढी आएको भए बन्दोबस्तीका समानहरु भगाउन सकिन्थ्यो ।’ उनले घर भत्किएपछि छिमेकीको घरमा परिवारसहित बसेको बताए ।
राप्ती सोनारी गाउँपालिका वडा न. ७ का बाँधुराम थारुको घरमा पसेको बाढीले चामल, धान राखिएको डेहरी भत्कायो । खाद्यन्न, नुनतेल सबै माटोमा मिल्यो । घर नभत्किए पनि घरभित्र रहेका सबै समाग्रीमा क्षति पुगेको छ । रातिका बेला बाढी आएकाले खाद्यन्न र लत्ताकपडा भगाउन नसकेको उनको गुनासो छ । ‘बाढी आएका बेला पूरा अन्धकार थियो । पानीमा हिड्नै समस्या थियो । आफ्नो ज्यान जोगाउने कि समान भगाउनु,’ उनले भने,‘लगाएको कपडाबाहेक बाढीले सबै माटोमा मिलाई दियो । खाद्यन्न केही पनि बचेन ।’ घरभित्रका डेहरी लगायतका समानहरु भत्किएपछि परिवारलाई छिमेकीको घरमा सारेका छन् । गाउँकै ठग्गु चौधरीको घर बाढीले भत्काउन नसके पनि सम्पती भने माटोमा मिलाई दिएको छ । उनी पनि छिमेकीको घरमा बिस्थापित भएका छन् । ‘खाद्यन्न सबै नोक्सान भयो । घरमा बस्न मिल्ने अवस्था छैन,’ उनले भने । वडा न. ७ का वडाध्यक्ष रामलखन थारुले बाढीले घर नभत्काउन नसके पनि खाद्यन्न लगायतका सबै समाग्री नोक्सान पुगेको बताए । ‘बाढीले स्थानीयलाई खान र बस्नमा समस्या गरिदिएको छ,’ उनले भने,‘हाल स्थानीयलाई छिमेकीहरुको घरमा राखेका छौ‘ । खाद्यन्न लगायतका समाग्री पालिकाबाट माग गरेका छौ‘ ।’
वडा न. ३ का वडासदस्य शिवप्रसाद थारुले बर्का, भुल्कैया खोलाको बाढी स्थानीयका २० घरमा पसेको बताए । उनले एक जना स्थानीयको घरको पर्खाल भत्किएको बताए । ‘बाढीले कम्तिमा पनि २० घरको खाद्यन्न बगाएको छ,’ उनले भने । दुई दिनदेखिको बर्षाले राप्ती सोनारी गाउ‘पालिकाका विभिन्न खोलामा आएको बाढीले बैजापुर क्षेत्रका आधा दर्जन घरहरु भत्किएको छ । सयौं घरहरुमा पानी पसेको छ । बाढीका कारण सडकहरुमा पानी जमेर आउजाउ बन्द भएको छ । ईलाका प्रहरी कार्यालय बैजापुर, धामपुरका अनुसार वडा न. ४, ५ , ६ र ७ का चॉचाफर्का, चिलरीया, राजपुर, बुद्ध चोक र लटकनीयाका गाउ‘हरु डुबानमा परेका छन् । धामपुरका प्रहरी प्रमुख सई मुकुन्द सिग्देलले वडा न. ७ राप्ती सोनारी गाउ‘पालिकाका आधा दर्जन घर भत्किएको बताए । उनका अनुसार बाढी पसेर सयौ‘ घरको खाद्यन्नमा क्षति पुगेको छ । तरुवा खोला, चिलरिया, मोरग‘वा र जंगलबाट बगेर आएको खोलामा आएको बाढी गाउ‘मा पसेको हो । त्यस्तै डुडुवा गाउँपालिकको खडैचा प्रहरीका अनुसार रामबहोरी लोनिया र सुन्दर लोनियाको टीनको छानो भएको घर भत्किएको हो । तीन घर कटानको जोखिममा रहेको प्रहरीले जनाएको छ ।