माधव नेपालको पार्टी एमाले फुटेर होईन चोइटिएर बनेको होः अध्यक्ष ओली - Dastabej

माधव नेपालको पार्टी एमाले फुटेर होईन चोइटिएर बनेको होः अध्यक्ष ओली


  • दस्तावेज

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गठन गरेको एकीकृत (नेकपा)समाजवादी पार्टी (मुल पार्टी एमाले) बाट फुटेर नभई अलिकति चोइटिएर बनेको टिप्पणी गरेका छन् । उनले फुट्नु र चोईटिनुको अर्थ फरक लाग्ने गरेको जनाए । उनले नेकपा (एमाले ) फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए । अध्यक्ष ओलीले केही मान्छे पतीत भएर बिग्रिएका मान्छेले पार्टी छोडेको टिप्पणी गरे ।
    उनले नेता नेपाललाई  इंँगित गर्दै एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने टिप्पणी गरे । अध्यक्ष ओलीले पहेँलिएको पात झरेपछि नयाँ पालुवा पलाउँदै जाने र हाँगा पनि  लाग्दै जाने जनाए । युथफोर्सले शनिबार आयोजना गरेको कार्यक्रममा उनले माधव नेपालले गठन गरेको एकिकृत नेकपा सामाजबादी पार्टी एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेकोले निर्वाचनमा अन्य दलसं गठबन्धन गर्ने अभिव्यक्तिहरु आइरहेको बताए । उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको र त्यसको हिसाबकिताब निर्वाचनमा हिसाब लिने चेतावनी दिए। अब हुने कुनै पनि निर्वाचन क्षेत्रमा अरु दललाई जित्न नदिने उनको दाबी छ ।

  • १२ भाद्र २०७८, शनिबार १५:०८ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो