नेपालगन्ज । मुलुककै कान्छो बाँके राष्ट्रिय निकुन्ज पर्यापर्यटनका लागि निकै सम्भावना रहेको तर पर्यटक भित्रियाउन नसकेको निस्कर्ष निकालिएको छ । शनिबार नेपालगन्जमा बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटन बिषयक कार्यशाला गोष्ठीमा उक्त निस्कर्ष निकालिएको हो । बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुन्जमा पर्यापर्यटनको सम्भावना र चुनौतीका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले पर्यटन प्रर्बद्धनको सबै भन्दा ठुलो बाधक हामी आफै भएको टिप्पणी गरे । उनले बाँके पर्यापर्यटनका लागि प्रयाप्त सम्भावना भए पनि सोंच परिवर्तन गर्ननसक्दा प्रबद्र्धन हुन नसकेको जनाए । दक्षिण भारत र उत्तर चिनलाई इङिगत गर्दै उनले भारतबाट आउने पर्यटकहरुलाई प्रोत्साहन गर्न नसक्दा समस्या भएको बताए । नेपालगन्ज नाकामा गरिने व्यवहारले भारतीय पर्यटक बाँके निकुन्ज घुम्न नआएको डा.राणाको भनाई छ ।
तस्बिरः समीर श्रेष्ठ
कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारतको पर्यटकलाई भित्रियाउनका लागि रातीका समयमा पनि नेपालभारत सीमा खोल्नु पर्ने सुझाए । उनले पर्यटकहरुलाई सीमाबाट नेपाल प्रहरीले सहजरुपमा गन्तव्यसम्म पुयार्उनुका साथै होटलमा पर्यटक रमाउने बताबरण सिर्जना बताए ।
त्यस्तै नाताका अध्यक्ष अच्युत गुरागाईले पर्यटकहरुलाई पर्यटकीय स्थलसम्म जानका लागि एयरकण्डिसन गाडी, होटलमा दक्ष कर्मचारी तथा अन्र्तराष्ट्रिय स्तरको सेवा सुबिधा दिन सकेमा मात्रै पर्यापर्यटनमा बृद्धि हुने बताए । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक घुम्नका लागि पुर्वाधारहरु तयार भैसकेकाले त्यहाँ पर्यटन भित्रियाउनका लागि सम्पुर्ण सरोकारवाला निकायले भुमिका निर्वाह गर्नु पर्ने उनको सुझाव छ । कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत, होटल व्यवसायि संघ लुम्बिनीका अध्यक्ष भास्कर काफले , गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरी लगायतल पर्यापर्यटनको सम्भावना बारे आफ्नो धारणा राखेका थिए ।