बाढीपहिरो र डुबानमा परी २२ बालवालिकासहित ९१ को मृत्यु, २८ बेपत्ता, ११६ घाईते  – Dastabej

बाढीपहिरो र डुबानमा परी २२ बालवालिकासहित ९१ को मृत्यु, २८ बेपत्ता, ११६ घाईते 


  • दस्तावेज

  •  

    काठमाडौं । अविरल वर्षाको कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म २२ बालवालिका गरी ९१ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् भने ११६ जना घाईते भएका छन् । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला र २२ बालवालिका रहेको प्रहरीले जनाएको छ । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

    बाढीको कारण ३ हजार १ सय ८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्‍का घटनाबाट १ हजार २ सय ९ वटा घर परिवारका ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।

    उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

  • १२ भाद्र २०७८, शनिबार १८:२७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान